SHARE
पर्दाफास · आइबार​ २२ चैत २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

मध्यपूर्व युद्धले युक्रेन ओझेलमा

मध्यपूर्वमा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले व्यक्त गरेका छन् । उनकाअनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।