SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र शाश्वत समृद्धि ल्याउने मूल उद्देश्यका साथ २०६५ साउन ९ गते स्थापना भएको बैंक १८औं वर्षमा प्रवेश गरेको छ। प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।