बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध २१ जना कांग्रेस संसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन्। जसमध्ये २१ जना सांसदहरूको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई अविश्वास प्रस्ताव बुझाएका हुन्।
