SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

क्यानडामा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय रविन आचार्य रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले क्यानडामा रोजगारीको प्रलोभन देखाएर दुई जना पीडितसँग कुल ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए।