SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।  शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेको बताएका हुन्।  सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको बताए।