नुवाकोटको तारकेश्वरमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकाले ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै सामाजिक सुरक्षा भत्तासमेत गाउँमै पुगेर वितरण गरिएको छ। स्थानीय सरकार जनतासँगै प्रत्याभूति दिलाउन तारकेश्वर गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत तारकेश्वरका ६ वटै वडामा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको हो।
