SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

के हो मिलियरी क्षयरोग ?

क्षयरोग एक प्रकारको ब्याक्टेरियाबाट हुने रोग हो । नेपालमा मृत्युका १० मुख्य कारणहरूमध्ये क्षयरोग (टीबी) पनि एक हो । हालका वर्षहरूमा वार्षिक करिब १७ हजार व्यक्तिको मृत्यु क्षयरोगबाट हुने अनुमान छ । तर नियमित औषधि सेवन तथा उपचारबाट यो रोग निको हुन्छ ।मिलियरी टीबी (मिलेट बिउजस्तै ससाना गाँठाहरू देखिने) क्षयरोगको विस्तारित रूप हो । जुन माइकोब्याक्टेरियम ट्युबरक्लोसिसको रक्तमार्गबाट शरीरभरि फैलनाले हुन्छ । यसले शरीरका धेरै अंगहरूलाई असर गर्छ । कहिलेकाहीँ असामान्य लक्षण पनि देखिन्छ ।