SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

महिटानीमा निर्मित दुई संरचनाको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

मटिहानी : महिटानीमा निर्मित दुई अलग-अलग संरचनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‍घाटन गरेका छन्। शुक्रबार हेलिकप्टरमार्फत् महोत्तरी आएका प्रधानमन्त्रीले ५० मिटर लम्बाइ रहेको विग्ही नदीमा नवनिर्मित पुलको उद्‍घाटन गरेका हुन्।संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रालयको ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँको बजेट खर्चमा पुल निर्माण गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ। त्यस्तै प्रधानमन्त्रीले मटिहानी नगरपालिका-६ मा नवनिर्मित ५ शय्याको प्रसुतिगृहको उद्‍घटन गरिएको हो।