मधेसमा पानीको समस्या समाधानका लागि सरकार जुटिसकेको छ : प्रधानमन्त्री ओली
वीरगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले पानीको संकटले सुख्खाग्रस्त मधेसमा पानीको समस्या दीर्घकालीन समाधानका लागि सरकार जुटिसकेको बताएका छन्शुक्रबार बाराको परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनीक भवनको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सरकारले विपद् संकटग्रस्त घोषणा गरेर यहाँ उत्पन्न पानीको समस्या दीर्घकालीन समाधानका लागि काम थालिसकेको बताए।उनले भने, ‘मधेसमा अहिले सुख्खाले समस्या बढाएको छ। त्यसका कारण मधेसलाई संकटग्रस्त घोषणा गरिसकेका छौं।
