कोशीको भौतिक मन्त्रालयद्वारा ४ अर्ब १ करोड बढी बेरुजू फछ्यौट
विराटनगर : कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ वर्षको अवधिमा ४ अर्ब १ करोड बढी बेरुजू फछ्यौट गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४ सय ७७ रुपैयाँ बेरुजू फछ्यौट गरिएको जानकारी दिए। उनका अनुसार मन्त्रालयमा कूल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजू थियो। त्योमध्ये ६७.४१ प्रतिशत बेरुजू फछ्यौट भएको छ।
