SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान

रुकुमपूर्व : डेंगु रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट क्षेत्रमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गरिएको सो अभियान सिस्ने गाउँपालिका–५ र ६ नम्बर वडामा केन्द्रित थियो।