आज राति देशका यी स्थानमा हुने छ वर्षा
काठमाडौं : आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाड र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
