साफ यु-२० : बंगलादेशमा कहाँ चुक्यो नेपाली टोली
काठमाडौं : नेपाली महिला यु-२० फुटबल टिमले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० को हार अझै सेलाइसकेको छैन। पहिलो खेलमा ३-२ गोलको पराजय व्यहोरेको निर्णायक खेलमा किन १ गोल पनि फर्काउन सकेन? पछिल्लो समय नेपाली महिला फुटबल चर्चामा रहँदा उमेर समूह पनि अछुतो रहन सकेन।सिनियर टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्ड १ वर्षको सम्झौताको दौरान १ महिनापश्चात् नै विवादमा तानिँदै राजीनामा बुझाए। यो चर्चा सेलाउन नपाउँदै नेपाली यु-२० महिला फुटबल टिम साफ खेल्न बंगलादेश प्रस्थान गर्यो।
