राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सम्पन्न
आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएर बिहीबार सम्पन्न भएको हो ।
