कुलमानको उद्घोषः हामीले सडकबाटै सरकार चलाउँछौँ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सडकबाटै सरकार चलाउने बताएका छन् । पार्टीको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम उनले सडकबाटै सरकार चलाउने उद्घोष गरेका हुन् । सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने भन्दै उनले आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।
