SHARE
पर्दाफास · सोमबार २ चैत २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

डुडुवा–२ मा आगलागी हुँदा पाँच घर जलेर नष्ट

बाँके जिल्लाको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएकामा नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।