महावीर पुनले चुनावपछि बाँकी रकमबाट बेनीमा सेवा केन्द्र सञ्चालन गर्ने
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुन ले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गर्दै प्रचारप्रसारपछि बचत भएको रकम जन सेवामा प्रयोग गर्ने योजना सार्वजनिक गरेका छन्। पुनका अनुसार निर्वाचन अभियानका लागि विभिन्न २७ जना सहयोगीदाताबाट कुल ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो।
