रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरूको चीनले पुनर्निर्माण गरिदिने
काठमाडौं : रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरूको चीनले पुनर्निर्माण गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ताका क्रममा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङले रसुवामा बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने बताएका हुन्। भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।
