SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

चीनले नेपालका ४ वटा परियोजनामा सहयोग गर्ने, दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ।