कांग्रेस पूर्वपदाधिकारीहरूको बैठकमा के भयो?
काठमाडौं : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले वर्तमान सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले-कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।
