नेपाल एयरलाइन्सले साउदीबाट नियमित उडान भर्दै
साउदी : नेपाल एयरलाइन्सले आउँदो अगस्ट महिनाबाट साउदी अरबियाको दमाम–काठमाडौं नियमित रूपमा ३ उडान भर्ने भएको छ। नेपाल एयरलाइन्स साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार अगस्ट महिनाबाट सातामा तीन फ्लाइट नियमित रूपमा उडान हुने बताइन्।उनका अनुसार दमाम–काठमाडौं र काठमाडौं–दमाम यात्रुहरूलाई सहजीकरण र बढ्दो चापको मध्यनजर गर्दै आगामी अगस्ट महिनाबाट उक्त उडान भर्न लागेको बताइन् भने साउदीको रियाद सहरबाट पनि पुन उडान सञ्चालनको लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताइन्।
