SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बारामा संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह जसपा छाडेर जनमतमा प्रवेश

वीरगन्ज : संविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्व प्रदेश सभा सदस्य पारस साह जनमत पार्टीमा प्रवेश गरेका छन्। बाराको कलैयामा सोमबार जनमत पार्टीद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा गुप्ता र साह जनमत पार्टीमा प्रवेश गरेका हुन्। दुवै जना अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले दुवै नेतालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरे।