सिन्धुलीमा बोलबम हिंडेका दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या
सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिका-२ स्थित मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हिंडेका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ। दुईमध्ये एक जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो मधुगंगा महादेव मन्दिर नजिकै लामिडाँडामा तीर्थयात्रीबीच विवाद भई झडप हुँदा अन्दाजी ३० वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डीएसपी) सूर्य प्रकाश सुवेदीको भनाइ छ। मृतक पुरुषको पहिचान खुल्न सकेको छैन।
