भारतले नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने, समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं : भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनमा हुने भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ। यी परियोजनामार्फत धनुषा, पर्सा, अछाम, बारा र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ।
