पहिलो हाफमा नेपाल बंगलादेशसँग १-० गोलले पछि पर्यो
ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गतको लिग चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगलादेशसँग १-० गोलले पछि परेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलको ८औं मिनेटमा नेपालकी गोलकिपर सुजाता तामाङ र ३ जना डिफेन्डरलाई बिट गर्दै बंगलादेशकी इफर्वाड सागोरिकाले गोल गरिन्।नेपालले पहिलो खेलमा भुटानलाई ६-१ हराएको थियो। दोस्रो खेलमा घरेलु टिम बंगलादेशसँग नेपाल ३-२ ले पराजित भएको थियो। तेस्रो र चौथो खेलमा नेपालले श्रीलंकालाई समान ७-० गोलले हराएको थियो।
