SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

महानगरले सार्वजनिक जग्गामा लगाएको तारबारमा तोडफोड

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१९ विन्ध्यवासिनीस्थित तिलावे नदीको किनारमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले अतिक्रमणमुक्त गरेर वृक्षारोपणका लागि लगाएको तारबारसहितको पोलहरू अज्ञात समूहले उखेलेर फालिदिएको छ।तिलावे नदीको किनारमा रहेको सार्वजनिक जग्गा स्थानीय केही व्यक्तिहरूले वर्षौंदेखि जबरजस्ती कब्जामा लिएर खनजोत गर्दै उपभोग गर्दै आएका थिए।