SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नेपाल फेरि स्तब्ध, बंगलादेशले जित्यो उपाधि

ढाका : साफ-२० च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग फेरि स्तब्ध बनेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा खेलमा बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन बनेको हो।घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन्। खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन्।