SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, पुसअघि सम्भावना न्युन

काठमाडौं : रसुवामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो रसुवागढीको उत्पादन बन्द छ। गत असार २४ गते आएको भोटेकोशीको बाढीले आयोजनाको संरचनामा क्षति पुर्‍याएपछि १११ मेगावाटको उत्पादन बन्द भएको हो। त्यसको केही दिनअघि आयोजनाको डिसेन्डरमा लेदो आएर थुप्रिएका कारण आयोजनाले उत्पादन बन्द गरेको थियो। थुप्रिएको लेदो पन्छाएर सञ्चालनमा ल्याउने तयारी हुँदै गर्दा ठूलो बाढी आएर आयोजनाको हेडवर्क्स र ड्याम साइडमा क्षति गर्‍यो। पावर हाउसमा बाढी पस्दा उत्पादन सुरु हुन् सकेन।