बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु–इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव
काठमाडौं: बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारीसाधन उत्पादन गरेर माइलस्टोन हासिल गरेको छ। चीनको सेन्झेन–सानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रूपमा याङवाङ यु–७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रूपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो।सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रूपमा बढिरहेको छ। जनवरीदेखि जुनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ।
