SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

पिण्डेश्वर मन्दिरमा भक्तजनको घुइँचो, ३० हजारले चढाए जल

धरान : सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधामको मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ। साउनको पहिलो सोमबार यस मन्दिरमा सप्तकोशी नदीबाट जल ल्याएर देश, विदेशबाट हिन्दुधर्म मान्ने भक्तजनहरूले शिवलिंगमा चढाउने गर्छन्।सुनसरीको पशुपतिनाथले चिनिने पिण्डेश्वर बाबाधाममा साउन १ गतेदेखि बोलबम मेला लाग्ने गर्छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जल चढाएर मेलाको उद्घाटन गरेका थिए।