मधेसमा उत्पन्न पानीको समस्याबारे प्रधानमन्त्री कार्यालयको चासो, तत्काल समाधान गर्न निर्देशन
काठमाडौं : मधेस प्रदेशमा पानीको समस्याले उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। मधेस प्रदेशका केही स्थानमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र वर्षा नहुँदा धान रोपाइँ पनि हुन नसकेको अवस्था सिर्जना भएको भन्दै मुख्यसचिव एकनारायण अर्यालले चासो देखाएका हुन्।स्रोतका अनुसार सोमबार बसेको सचिवस्तरीय बैठकमा मुख्यसचिव अर्यालले मधेसमा उत्पन्न पानीको समस्या समाधानका लागि गम्भीर बन्न निर्देशन दिएका थिए।
