निम्बस समूहको लगानी रहेको केबी एग्रोले माग्यो आईपीओ निष्काशन अनुमति
केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो । कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता शेयर निष्काशनको अनुमति मागेको हो।
