SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी ।  बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा  चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।  उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए  ।