मधेश प्रदेशमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकार, यादव बने मुख्यमन्त्री
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले कांग्रेस प्रदेश संसदीय दलका नेता यादवलाई शुक्रबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई उनको दल नेपाली कांग्रेससहित ७७ सांसदको साथ रहेको छ ।
