प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी, कहाँ पुग्यो सरकारको तयारी ?
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ।
