SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ १०:२० AM · 1 मिनेट पढाइ

महाधिवेशनका लागि अघि बढ्यो कांग्रेस : यस्तो तहगत अधिवेशनको तालिका

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आगामी १५औँ महाधिवेशनबारे सहमति जुटेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको हो । आजको बैठकले केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।