SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

अवैध लागूऔषध खैरो हिरोइन र नगदसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौँको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।