प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिहरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप भएको छ । आइतबार अवैधानिक रुपमा बैंकको रकम अपचलन गरेको तथा ठगीको कसुरमा सीईओ शेरचनसहित डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ पक्राउ परेका थिए ।
