SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

‘नियमित महाधिवेशनको मिति धकेल्न खोजिए विशेष महाधिवेशनमा जान्छौँ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले आज गरेको नियमित महाधिवेशनको कार्यतालिकालाई सम्भव बनाएर अघि बढ्न आग्रह गरेका छन् । पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सम्पन्नपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उनले पार्टीले गरेको निर्णय अनुसार महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।