SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

एनपीएल खेल्न दक्षिण अफ्रिकाबाट नेपाल आइपुगे फाफ डु प्लेसिस

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज काठमाडौं आइपुगेका छन् । प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपीएल खेल्न काठमाडौं आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् ।