प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
