कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको निर्णयलाई गर्यो शंकासहित स्वागत
कठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने पार्टी केन्द्रीय समितिको निर्णयमा शंका गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
