प्रधानसेनापतिद्वारा बाहिनी अड्डाहरूको निरीक्षण भ्रमण
प्रधानसेनापति अशोक राज सिग्देलले आइतवार र सोमवार भकुण्डेवेशीस्थित श्री नं. २६ बाहिनी अड्डा तथा सिन्धुलीस्थित श्री नं. ९ बाहिनी अड्डा लगायत अन्तर्गत युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षणका क्रममा प्रधान सेनापतिले दुवै बाहिनी अड्डासहितका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे प्रत्यक्ष जानकारी लिए। साथै आवश्यक निर्देशन दिँदै उनले सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए।
