रास्वपा र विवेकशील साझाको एकतामा मिलन पाण्डेको असहमति– ‘केही महिना कुलिङ पिरियड लिन्छु’
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा सहभागि नहुने बताएका छन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एक दशक भन्दा लामो समयदेखि संघर्षरत पाण्डे दुई दलको एकताप्रति आपत्ति जनाउँदै सहभागि नहुने बताएका हुन् ।आज रास्वपा र विवेकशील साझा पार्टी एक हुँदैछन् ।
