SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ ०८:३९ AM · 1 मिनेट पढाइ

चितवनको बघौडा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने चार युवक पक्राउ

 चितवन । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई  प्रहरीले पक्राउ गरेको छ ।  गत बिहीबार राति चार/पाँच जनाको समूहमा आएका युवाले चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए ।