SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ ०९:२२ AM · 1 मिनेट पढाइ

विराटनगरको कोशी अस्पतालका भवन समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । आइतबार अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण व्यवसायीलाई निर्धारित समयमै दुईवटा भवन निर्माण पूरा गरी हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।