सिंहदरबार जलाउनेहरू नायक कि अपराधी ?
– आर पराजुलीकाठमाडौं । भदौ २४, २०८२ को त्यो कालो दिनले नेपाली इतिहासमा गहिरो घाउको स्थान बनाइसकेको छ । सिंहदरबार, जुन नेपालको शासन प्रणालीको हृदयस्थल र राज्यसत्ताको प्रतीक हो, त्यसमा लागेको आगोले केवल भौतिक संरचना मात्रै जलेनन्, हाम्रा लोकतान्त्रिक मूल्यमान्यताहरु पनि सँगसँगै जले ।
