SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

नेपालका तीर्थस्थलको भारतमा प्रचारप्रसार गर्न दुवै देशका ब्राह्मणले सहयोग गर्ने

काठमाडौं । नेपालका तीर्थस्थलहरूको पहिचान एवं व्याख्यान गरी भारतमा प्रचारप्रसार गरेर भारतीय धार्मिक पर्यटक भित्र्याउन दुवै देशका ब्राह्मणले सहयोग आदानप्रदान गर्ने भएका छन् । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आज सम्पन्न ब्राह्मण अन्तरराष्ट्रिय सम्मेलनले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा दुवै देशका ब्राह्मणले सहकार्य र समन्वय गर्ने भएका हुन् ।