पुस मसान्तमा कांग्रेस महाधिवेशन पक्कापक्की, भोलि प्रस्ताव पेस गरिँदै
काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा सहमतिको संकेत देखिएको छ । आगामी पुसको अन्तिम साता कांग्रेसको १५औँ महाधिवेशन नियमित ढंगबाट गर्नेगरी सहमतिको नजिक नेताहरु पुगेका हुन् । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शीर्ष नेताहरुले छलफल गरेका थिए ।
