हामी देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौँ : माधवकुमार नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् । आईतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरु गर्ने रहेको बताए ।
